काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ। दुईबीच विहीबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।
नेकपा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको स्रोतले जनाएको छ ।
समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने र माओवादी आन्दोलनको उपलब्धीको रक्षाका लागि पार्टी एकता गर्नेबारे पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।