November 19, 2025, Wednesday
२०८२ मंसिर ३
1:37:26 pm

साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

२०८२ कार्तिक २९

530

साकेला । साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिवी निवारणका लागि लद्युउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत बुधबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले औपचारिक रुपमा मेसिन सञ्चालन गरेर उद्योग स्थापना गरेको गरेका हुन् ।

स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सृजना र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो उद्योग गाउँपालिकाको आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

उद्योग स्थापनाको क्रममा बोल्दै अध्यक्ष राईले गाउँपालिकाभित्र सञ्चालनमा ल्याईएको उद्यम र उद्योगहरूले युवाहरूलाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए । बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पु¥याउने उल्लेख गर्नुहुँदै यस उद्योगबाट स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी बाँसका विविध उपयोगका सामग्री उत्पादन र बजार विस्तारमा सहयोग गर्ने योजना रहेको जानकारी दिए ।

Advertisement

अध्यक्ष राईले भने, “नमूना सामग्री तयार गरेर त्यसलाई अन्यत्र बजारिकरण गर्न सकियोस् भने गाउँको स्रोत नै आम्दानीको आधार बन्न सक्छ । नागरिक आफैं सिर्जनात्मक बन्नुपर्छ, किनभने सिर्जनात्मकताको जग बसाउन सके मात्र परिवर्तन सम्भव हुन्छ ।” सिर्जनालाई विश्वासमा रूपान्तरण गर्न सक्ने व्यक्ति वा समुदायले आफ्नो जीवनस्तरलाई माथि उठाउन सक्छ । यस्तो पेशामा आवद्ध हुन बाध्यताले होइन, भित्री चाहना र रहर जगाएर लाग्नुपर्नेमा उनले जोड दिए । “रहरले गरिएको कामले मात्र स्थायित्व र समृद्धि ल्याउँछ,” उनको भनाइ थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर २ रतन्छाका वडाध्यक्ष जितेन्द्र कुमार राई, वडा नं. ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताका सई फाईदलसिं लिम्बु गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राई लगायत निर्वाचित जनप्रतिनिधि र लद्युउद्यमसँग सम्बन्धित स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । उद्योग स्थापनाका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा बाँसकला सम्बन्धि तालिम सञ्चालन गरेको थियो भने सोही तालिम गरेका व्यक्तिहरुबाट उद्योग सञ्चालन गर्ने योजना बनाईएको छ । यस वर्ष कोशी प्रदेश सरकार अन्तर्गतको कृषि उद्योग मन्त्रालयबाट केही रकम गाउँपालिकालाई प्राप्त भएको छ ।