April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

गजल

4.3K

नरेन्द्र संयम खापुङ

कोही हाँसीखुशी रमाइ फुरुङ्ग छन्
कति चाहिँ पीडाभित्र चुर्लुम्मै छन्

Advertisement

कति पोख्नु अनगिन्ति घाउहरु
कयौं आँशु र रोदन भताभुङ्ग छन्

चहकिलो दीप बलेन, भावनाहरु
अध्याँरोमै गज्याङगुजुङ् छन्

तनाव सबैसँग अनि त छाप्रीभित्र
मदिराको प्यालामा झुरुम्म छन् ।