April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

थाहा पाउनुहोस् क्याल्सियमको कमीका लक्षण

4K

यदि बालबालिकामा क्याल्यिमको कमी भए उनीहरुको शारीरिक विकासमा असर पर्न सक्छ । शिशुमा क्याल्सियमको कमी हुनु साधारण हो किनभने शिशु स्तनपानमा मात्रै निर्भर हुन्छन् । क्याल्सियमको कमी हुँदा उनीहरुको शारीरिक विकास रोकिने गर्छ । साथै विभिन्न प्रकारको समस्या देखिने गर्छ । शिशुको शरीरमा क्याल्सियमको कमीका कारण र लक्षण कस्ता हुन्छन्, त्यसबारे जानकारी लिऔं ।

शिशुमा क्याल्सियमको कमीका कारणः

थुप्रै शिशुमा जन्मलगत्तै क्याल्सियमको कमी देख्ने गरिन्छ । आखिर यसका के कारण हुनसक्लान्, यसबारे जानकारी लिऔं ।

Advertisement

– जन्मका बेला यदि शिशुलाई अक्सिजनको कमी हुन्छ भने उनीहरुलाई क्याल्सियमको कमी हुनसक्छ । 

– यदि आमा मधुमेहबाट ग्रसित छिन् भने पनि शिशुको शरीरमा क्याल्सियमको कमी हुनसक्छ । 

– शिशुमा भिटामिन डीको कमीका कारण पनि क्याल्सियमको स्तर कम हुन्छ । 

– १ वर्षभन्दा कम उमेरका शिशुलाई गाइको दुध दिँदा उनीहरुलाई हाइपोक्याल्सिमियाको समस्या हुनसक्छ किनभने गाईको दुधमा फस्फोरस अत्यधिक मात्रामा पाइन्छ । त्यसैले एक वर्षभन्दा कम उमेरका शिशुलाई गाइको दुध दिनु हुँदैन । 

बालबालिकामा क्याल्सियमको कमी भयो भनेर कसरी थाहा पाउने ?

– शिशुमा अत्यधिक चिडचिडापन देखिनु

– मांसपेशीमा ऐठनको समस्या

– मुटुको गति स्लो हुनसक्छ

– शिशुको रक्तचाप पनि कम हुन्छ

– दाँत आउन समय लाग्दा

– रातभरी रुने र शरीरबाट अत्यधिक पसिना निस्कने