February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

पूर्वमा पहिलोपटक ‘ग्लो रियस’को सौन्दर्य सामाग्री सार्वजनिक

सुजता लिम्बु
२०८१ मंसिर ७

1.1K

विराटनगर । पूर्वमा पहिलोपटक ‘ग्लो रियस’ले सौन्दर्य सामाग्री सार्वजनिक गरेको छ । शुक्रबार कोशी प्रदेशको राजधानी विराटनरमा एक कार्यक्रमको आयोजना गरी ग्लो रियसले सौन्दर्य सामाग्री लन्च गरेको हो ।

छालाको हेरचाहको लागि भिटामिन – सि, सिरम, फेसवास, सन्सक्रिम , मस्चराइजर, नाइट क्रिम लगायतको सामाग्री बजारमा ल्याएको छ ।भने, कपालको हेरचाहको लागि स्याम्पु र कन्डिसनर रहेको ग्लो रियस कम्पिनीकी प्रोग्राम संयोजक रसिला बुढाथोकीले जानकारी दिइन् ।

कम्पनीले उत्पादन गरेको सामाग्री बोसोरहित र बनस्पतिबाट बनाइएको कारणले केमिकल रहित रहेको उनको भनाई छ ।

Advertisement

यस कम्पनीबाट उत्पादन भएको सामाग्री पुरुषले पनि अनलाईमार्फत माग गर्ने गरेको र महिला पुरुषको छालामा प्रयोग गर्न मिल्ने उनको दाबी छ ।

तबसुम ब्युटी पार्लर ईन्टिच्युटकी प्रोप्राइटर एवम् ग्लो रियसकी कोशी प्रदेश डिलर सयदा तबसुमले आफूले पनि पहिलोपटक प्रयोग गरेको र यो कम्पनीबाट उत्पादन गरिएको सामाग्रीले राम्रो प्रतिक्रिया पाएकाले विराटनगरबाट लन्च गरिएको बताउछिन् ।

सहाभागीको तर्फबाट नाबुनकी विराटनगर अध्यक्ष भलि सुब्बाले सौन्दर्यकर्मी र प्रोडक्टको सम्बन्ध नङ र मासुको जस्तै भएको बताइन् । प्रोडक्ट राम्रो भए आफूहरुले पनि विक्री वितरणलाई एउटा रफतारमा लग्न सक्ने उनको भनाई छ ।