पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ । दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने गर्दछ ।
पसिना निस्केर सुकेपछि छालामा युरिया र नुन जस्तो तत्व रहिरहन्छ । यही तत्वले रोगाणुलाई आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्दछ । साथै छालाबाट तुरुन्त नहटेमा रोगको कारण पनि बन्न सक्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै दिनहुँ दुई पटक नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई घटाउन सकिन्छ । पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउनु लाभदायक हुन्छ ।
यस अलावा दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदल्नाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । यस्तै गर्मीयाममा सुती कपडा प्रयोगले समेत फाइदा पुग्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा