पानी — ३ कप (चिया कपको) तोरी तेल — २० ग्राम हरियो लसुन सानो — २ मुठा (मसिनो गरी काटेको) सुकेको खोर्सानी — २ वटा नुन — स्वाद अनुसार वेसार — १÷२ चम्चा (सानो चम्चाको) गोल्भेडा — १०० ग्राम मसिनो गरी काटेको तोरीको गुन्द्रुक — १ छटाक (सफा गरेको)
गुन्द्रुक बनाउने विधि
Advertisement
बाक्लो प्यानमा तेल तताउने, गुन्द्रुक फ्राई गरेर झिक्ने । अब त्यसैमा खुर्सानी र लसुन फ्राई गरेर पछि गोल्भेडा, नुन बेसार राखेर एकछिन छोपेर पकाउने ।
गोल्भेडा पाकेपछि पानी राख्ने, उम्लिएपछि गुन्द्रुक राखिदिने । एकछिन उम्लिए पछि झिकेर अर्काे बाटामा खन्याउने ।
ढिँडोको सामग्री :
कोदाको पिठो — १ के.जी.
पानी — १/२ लिटर पानी नपुग भएमा थप्न सकिन्छ ।
बनाउने विधि :
कराहीमा पानी तताउने र २ चम्चा पिठो छरिदिने । पानी उम्लिएपछि पिठो राख्दै दह्रो पन्युले चलाउँदै जाने ।
कराहीमा मांम्री बस्न थालेपछि यो तयार हुन्छ । त्यसपछि कचौरामा गुन्द्रुक राख्ने र थालमा ढिँडो राखी चोप्दै खाने ।