April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यी हुन् नुनका फाइदा बेफाइदा

5.5K

काठमाडौँ – नुनको बेफाइदा मात्र होइन फाइदा पनि छ ।

नुनलाई सोडियम क्लोराइड पनि भनिन्छ । यसमा ६० प्रतिशत क्लोराइड र ४० प्रतिशत सोडियम हुन्छ । त्यसैले नुन सोडियमको राम्रो स्रोत हो ।

नुनका केही प्रकारमा क्याल्सियम, पोटासियम, आइरन र जिंक पनि पाइन्छ । अहिले विश्वभर नुनमा आयोडिन मिसाउने गरीएको छ । जसले आयोडिनको कमीबाट हुने रोगबाट बचाउँछ । साथै नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पुर्‍याउँछ ।

Advertisement

अधिकांश तयारी खाद्यपदार्थमा केही न केही मात्रामा नुनको मात्रा मिसाइएको हुन्छ । हामीले खाने धेरै खाद्यपदार्थमा पनि प्राकृतिक रुपमै नुनको मात्रा हुन्छ । दैनिक २३०० मिलिग्राम या योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुन्छ । यो मात्रा भनेको केवल एक चम्चा हो ।

आजकल अधिकाशं मानिस त्यो भन्दा बढी नुन सेवन गर्छन् । नुनको अत्यधिक सेवनले उच्च रक्तचाप, हृदयाघात र स्ट्रोकको समस्या बढाउने खतरा हुन्छ । त्यसैले सिमित मात्रामा नुनको सेवन गरौं ।