April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

जथाभावी कार कुदाउँदा ९ महिने बालकसहित पाँच जनाको मृत्यु

3K

एजेन्सी- जर्मनीको पेडेस्ट्रियन क्षेत्रको ट्रायर सहरमा  चालकले  जथाभावी कार फुटपाथमा  कुदाउँदा ९ महिने बालकसहित पाँच जनाको मृत्यु भएको छ।

चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएकाले पैदल यात्रीलाई ठक्कर दिएको थियो।  ५१ वर्षीय जर्मनी पुरुष ट्रायर क्षेत्रबाट आइरहेका थिए। दुर्घटनामा ९ महिनाको बच्चासहित ७३ वर्षीय महिला, ५२, २५ र ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।

चालकलाई आधिकारिक रूपमा नाम दिइएको छैन। तर,  जर्मन पत्रिकाले उनलाई टेरियर नजिकैको कर्डेल गाउँका बर्न्ड वाल्टर डब्लु भनेर चिनाएको छ।

Advertisement