पालकेले । एसिया कपको समूह चरणको खेलमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको लक्ष दिएको छ । श्रीलंकाको क्यान्डीमा जारी खेलमा भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रन बनाएको हो ।
खेलमा ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको गरेका थिए । पाण्ड्याले सर्वाधिक ८७ रन बनाए भने ईशानले ८२ रनको पारी खेले ।
यसअघि भारतले शीर्ष चार ब्याट्सम्यान मात्र ६६ रनमा गुमाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ४ तथा शाह र राउफले ३–३ विकेट लिए ।
पाकिस्थानले यसअघिको खेलमा नेपाललाई हराएको थियो ।