April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बुरुण्डीको कारागारमा आगलागी, भाग्दाभाग्दै जलेर कैदीहरूको मृत्यु

3K

काठमाडौं । बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारमा आगलागी हुँदा कम्तीमा ३८ कैदीको मृत्यु भएको छ भने परी ६९ जना घाइते भएका छन् । कारागारमा स्थानीय समयअनुसार सोमबार बिहान चार बजे आगलागी भएको थियो ।

विद्युत्त चुहावटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको उक्त कारागारको अवस्था अवलोकन गर्न गएका उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले पत्रकारहरुसँगको कुराकानी अनुसार ३८ जनाको मृत्यु र ६९ जना गम्भीर घाइते भएका छन् ।

आगलागीको समयमा कैदीहरू सुतिरहेकाले धेरैको मृत्यु भएको बताइएको छ । कारागारको अधिकांश भाग जलेर ध्वस्त भएको छ ।

Advertisement

एकजना प्रत्यक्षदर्शीले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै भनेका छन्, ‘आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौं तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो ।’ उनले अगाडि भनेका छन्, ‘म कसरी उम्कें थाहा छैन । तर धैरै कैदीहरू भाग्दाभाग्दै जलेर मरे ।’