न्युयोर्क । पश्चिमी न्युयोर्कमा टुर बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । न्युयोर्क स्टेट पुलिसकाअनुसार ५२ जना सवार बस न्युयोर्क स्टेट थ्रुवेमा दुर्घटनामा परेको हो ।
बस क्यानाडा–अमेरिका सिमानामा अवस्थित नियाग्रा फल्सबाट न्युयोर्क सिटी फर्किँदै गर्दा नियन्त्रण गुमी पल्टिएको थियो । मृतकमध्ये अधिकांश भारत, चीन र फिलिपिन्सका नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ ।
सुरुवाती जानकारीमा मृतकमध्ये एक बालबालिका रहेको छ भनिए पनि पछि त्यो गलत भएको जनाइएको छ । बसमा एक वर्षदेखि ७४ वर्षसम्मका यात्रु सवार थिए ।
दुर्घटनाका बेला धेरै यात्रु सिटबेल्ट नलगाएको कारण केही व्यक्ति सिटबाट उछिट्टिएको र केही घण्टासम्म बसको भग्नावशेषभित्रै फसेको प्रहरीले जनाएको छ ।