March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

म्यानमारमा अमेरिकी पत्रकारलाई राजद्रोहको आरोप, पुष्टि भए जन्मकैदको सजाय

२०७८ कार्तिक २५

3.1K

एजेन्सी । म्यानमारको जुन्ता सरकारले अमेरिकी पत्रकार ड्यानी फेन्सटरलाई आतंकवाद र राजद्रोहको आरोप लगाएको छ । आरोप पुष्टि भएमा उनलाई जन्मकैदको सजाय हुने जनाइएको छ । डानी फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक हुन् ।

३७ वर्षीय फ्रन्टायर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीमाथि लगाइएको मुद्दाको सुनुवाई अदालतमा १६ नोभेम्बरदेखि सुरु हुनेछ ।

यसअघि नै उनीमाथि सेनाबिरुद्ध विद्रोह गर्न सर्वसाधारणलाई उत्प्रेरित गरेको, गैरकानुनी संगठन खोलेको र आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लागेको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ ।

Advertisement

यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौँ मानिसलाई पक्राउ गरी जेल हालिएको थियो । प्रदर्शनमा कम्तिमा एक हजार १७८ जना मारिएका थिए भने सात हजार ३५५ जना पक्राउ परेका थिए ।

फेब्रुवरीमा सेनाको कुपछि दर्जनौँ पत्रकार पक्राउ परेका छन् ।