वार्सा । बेलारुसबाट राति सीमा पार गर्न खोजिरहेका आप्रवासीको समूहलाई पोलिश सेनाले पक्राउ गरेको छ । करिब १०० जना आप्रवासीहरुको समुहलाई पक्राउ गरेको बिहीबार रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लगभग १०० आप्रवासीको समूहलाई पोलिश सुरक्षाकर्मीहरूले हिरासतमा लिएको छ । बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिश सैनिकहरूलाई ढुङ्गा हानेका थिए ।