March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

राष्ट्रिय आविष्कार केन्द्रद्धारा अस्पतालमा थन्किएका ५ सय उपकरण मर्मत

२०८१ फाल्गुन २०

475

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ । बिग्रिएपछि मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न गत भदौ १८ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलले केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए ।

सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा उल्लिखित परिमाणमा उपकरण मर्मत भएको हो ।

६ सय ६१ वटा उपकरणको मूल्यांकन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रले जनाएको छ । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको बताइएको छ ।

Advertisement

केन्द्रले गरेको मर्मतमा सामान्य तार जोड्ने देखि थप सामग्री मगाएर गरिएका जटिल मर्मत पनि छन् ।