February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

वीरबाट ५० वर्षे उमेरहद देखाएर निकालिएका ९ जना कर्मचारीलाई पून: काममा फर्काउने सहमति

620

काठमाडौ । दशैको मुखमा वीर अस्पतालबाट निकालिएका ९ जना कर्मचारीलाई पून काममा फर्काउने सहमति भएको छ। निस्कासनमा परेका कर्मचारीहरुले लगातारको आन्दोलन पछि उनीहरुलाई पून काममा फर्काइएको हो ।

उनीहरुको आन्दोलनमा कर्मचारी र मजदुर संगठनहरुले समेत साथ दिएका थिए । रोजगारदाता कम्पनी इन्फोटिचले ५० वर्षे उमेरहद देखाएर १५ वर्ष देखि कार्यरत ९ जना श्रमिकलाई कामबाट निष्कासन गरेको थियो । यस विषयमा समाचार प्रकाशन भएपछि सरोकारवालालाई दबाब परेको थियो ।

वीर अस्पताल प्रशासनले ५० वर्ष उमेर पुगेका कर्मचारीलाई काममा नराख्न भनी सम्झौता गरेको भन्दै रोजगारदाता कम्पनीले श्रम ऐन विपरीत कामदार निकालेको थियो । कर्मचारीले नियमित हाजिरी गर्न पाउनु पर्ने माग गर्दै कर्मचारी र मजदुर संगठनहरु आन्दोलनरत थिए।

Advertisement

कर्मचारी, अस्पताल प्रशासन र रोजगारदाता कम्पनी बीचको वार्ता सहमति नजिक पुगेको छ। जारी श्रम विवाद निरूपण गर्ने विषयमा वीर अस्पताल र ट्रेड यूनियनबीच छलफल सकारात्मक छ। कार्यालयमा हाजिर गर्न वञ्चित ९ जना श्रमिकहरूलाई वीर अस्पतालमा केही समयपछि हाजिर गराउने गरि बुधबार छलफल टुङ्गिएको श्रमिकहरुको पक्षमा वकालक गर्दै आएको संस्था, नेपाल सुरक्षा ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले जानकारी दिए ।

नेपाल सुरक्षा ट्रेड यूनियनका महासचिव बेद प्रसाद हुमागाँईले श्रमिकको पक्षमा मजदुर संगठनले खेलेको भूमिका प्रती वीर अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेल सकारात्मक भएको बताए । उनका अनुसार डाक्टर पौडेलले रोजगार कम्पनीको विषयमा वास्तविकता बुझेर मजदुरलाई परेको अन्यायमा विकल्प निकाल्न सहयोग गर्न प्रतिबद्धता जनाएका छन् ।

अस्पताल प्रशासनले कर्मचारीलाई प्रशासनमा बोलाएर अबको एक महिना भित्र हाजिर गराउने र काममा फर्काउने बाचा गरेको एकीकृत ट्रेड यूनियन वीर अस्पताल प्रतिष्ठानकी इकाई अध्यक्ष सरिता दुलालले जानकारी दिइन्।

यसरी अस्पतालबाट निष्कासन भएका श्रमिकहरूमा बसुन्धरा रम्तेल,संगीता श्रेष्ठ ,जुनकेरी श्रेष्ठ ,दिलबहादुर परियार,इन्द्र राना,मुना बजगाई,शान्ता नेपाल,चौबहादुर गुरूङ र हिरा नेपाली छन् ।