अन्तराष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले योग शिविर सञ्चालन गरेको छ ।
योग प्रशिक्षण शिविरमा बोल्दै मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले हाम्रा ऋषिमुनीले योगलाई विशेष प्राथमिकता दिएको बताउदै हामीले पनि दैनिक योगको अभ्यास गर्नुपर्ने बताए ।
भौतिक तथा अध्यात्मिक जीवन अनुशासित बनाउन योगको आवश्यकता रहेको बताउनु हुँ दैयोगका विभिन्न आसनले मन एकाग्र पार्न पनि विशेष सहयोग पुर्याउने बताए । योग प्रशिक्षक पुष्करराज पन्तले प्रशिक्षण दिएको योग प्रशिक्षणमा दुईसयको हाराहारीमा सहभागि रहेका थिए ।
आजैका दिन नेपाल मानव धर्म समितिका देशभरीका करिब १३५ आश्रम तथा विदेशमा रहेका आश्रमहरुमा समेत योग शिविर सञ्चालन भएको छ ।