काठमाडौं। डा. गोविन्द केसीले अनसन तोडेका छन् । बिहीबार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी डा केसीले अनसन स्थगित गरेको जानकारी गराएका हुन् ।
डा. केसी गत वैशाख २९ देखि चार बुँदे माग राखेर पशुपतिको मृगस्थलीमा अनसन थालेका थिए । अनसनको पाँचौ दिन केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई अस्पताल लगिएको थियो