April 16, 2025, Wednesday
२०८२ बैशाख ४
1:37:26 pm

बेलायतमा नेपाली चलचित्र ‘काँडेतार’को प्रिमियर शो सम्पन्न

865

लन्डन । बेलायतमा नेपाली चलचित्र ‘काँडेतार’को प्रिमियर  शो सम्पन्न भएको छ । आइतबार अल्डरस्टस्थित इम्पायर हलमा चलचित्रको प्रिमियर गरिएको हो ।

चलचित्रमा नेपाल र भारतबीचको द्वन्द्व देखाइएको छ। नेपालको स्वाधिनता बचाउनका लागि भएको लडाईंमा फिल्म आधारित छ।

चलचित्रकी सहायक निर्माता रोमियन लिम्बु भन्छिन्, ‘काँडेतार राष्ट्र, रास्ट्रीयता र देशको आत्मा सम्मान जोगाउदै देशको भाषा साहित्य , कला, सस्कृती तथा माटो र मान्छेको रक्षा गर्ने उदेश्यको साथ निर्माण भएको र जनता आफै स्वयम नायक भएको चलचित्र हो ।’

Advertisement

चलचित्र हेरिसकेपछि दर्शकहरूले ‘काँडेतार’ राम्रो बनेको प्रतिक्रिया दिए । ‘ यो एउटा सन्देशमूलक चलचित्र हो।नेपाल-भारत सिमानाको बारेमा सबैलाई थाहै छ । सिमानामा बस्ने जनताले कति दु:ख पाउछ ? त्यसलाई चलचित्रमा देखाइएको छ । नेपालको सम्बन्धित व्यक्तिहरूले एक्सन लिनुपर्छ भन्ने मलाई लाग्छ’,एक दर्शकले प्रतिक्रिया दिए।

नवल खड्काको निर्देशनमा बनेको फिल्म ‘काँडेतार’को कथा तथा फिल्मलाई निर्माण खड्काले नै गरेका छन्। फिल्मको कार्यकारी निर्माताको रुपमा सत्यकला राई रहेकी छिन् भने सहायक निर्माता बेलायत निवासी रोमियन लिम्बु रहेकी छन् ।

फिल्मको पटकथालाई शिभम अधिकारी र निर्देशक खड्काले नै लेखेका छन्। फिल्मको सहायक निर्देशक रामशरण कोइराला रहेका छन्।

चलचित्रमा नेपाल र भारतबीचको द्वन्द्व देखाइएको छ। नेपालको स्वाधिनता बचाउनका लागि भएको लडाईंमा फिल्म आधारित छ।

फिल्ममा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रेम सुब्बा, प्रसान्त यादव, सन्जय खतिवडा, रोमियन लिम्बु, खेम नेपाली, प्रतिक श्रेष्ठ, केशव रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ ।