January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

‘जारी २ः सङ अफ च्याब्रुङ’को प्रिमियर शो सम्पन्न, भोलिदेखि देशभर प्रर्दशन हुँदै

२०८२ कार्तिक २०

825

काठमाडौं । सुपरहिट चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २ः सङ अफ च्याब्रुङ’को प्रिमियर शो सम्पन्न भएको छ । विहीबार कमलोपोखरीस्थित सिटी सेन्टरमा चलचित्रको प्रिमियर गरिएको हो ।

उपेन्द्र सुब्बाको पटकथा लेखन र निर्देशन रहेको यस चलचित्रको प्रिमियर शोमा नेपाल सरकारको उपसभामुख ईन्दीरा राना, कोरियोग्राफर रेनाशा राई, अभिनेत्री तथा गायिका कविता आले, शिशिर वाङ्देललगायत साहित्यकार, कालाकार, राजनीतिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

mostbet

प्रिमियरमा उपस्थित अतिथिहरूले फिल्म सुन्दर बनेको प्रतिक्रिया दिएका छन् ।

Advertisement

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, यासेली योङहाङ, मनाहाङ लावती, विष्णु मोक्तान, कमल मणी नेपाल, रेखा लिम्बु, सृजना निङ्कु, मिना महरेसाङ लगायतको अभिनय छ ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माण र बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएका ‘जारी २ः सङ अफ च्याब्रुङ’ भोलिदेखि देशभर प्रदर्शन हुँदैछ ।