April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा आनी छोइङ डोल्मा सांगीतिक कन्सर्ट हुने

1.4K

लन्डन । बेलायतमा आनी छोइङ डोल्मा सांगीतिक कन्सर्ट हुने भएको छ । मानवसेवा आश्रम सहयोगार्थ आगामी मे ५ मा बेलायतमा कन्सर्ट आयोजना हुने कन्सर्टका लागि उनी लन्डन आउने भएकी छिन् ।

मानवसेवा आश्रम बेलायत शाखाको आयोजनामा क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ’इनर मेलोडी फर इनर पिस’मा हुने कार्यक्रममा १५ सय जनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि १ लाख पाउन्ड बढी सहयोग जुटाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।  

मानवसेवा आश्रमका काममा सहयोग गर्ने उद्देश्यसहित गत वर्ष एनआरएनए यूके निवर्तमान अध्यक्ष खड्काको अध्यक्षतामा मानवसेवा आश्रम यूके शाखा गठन गरिएको थियो। 

Advertisement