– आकाश शेर्पा यात्री
कुवेत । सरकारले सन् २०२२ मा ३० हजार आप्रवासीहरुलाई देश निकाला (डिपोर्ट) गरेको छ । कुवेतको आन्तरिक मन्त्रालय (मिनिस्ट्रिी अफ इन्टेरिअर) का अनुसार, आप्रवासीहरूलाई गरैकानूनी कार्य, आपराधिक मुद्दा र दुराचारमा संलग्न भएको कारणले देश निकाला गरिएको हो ।
कुवेत सरकारले १७ हजार पुरुष र १३ हजार महिलालाई देश निकाला गरेको छ । देश निकालामा परेका १७ हजार पुरुषमध्ये सबै भन्दा बढी ६ हजार ४ सय भारतीय नागरिक रहेका छन् । त्यसैगरी ३ हजार ५ सय बंगलादेश र ३ हजार इजिप्टका र अन्य देशका रहेका छन् ।
त्यसैगरी देश निकाला हुने महिलाको कुल संख्या १३ हजारमध्ये धेरैजसो फिलिपिन्स ३ हजार, २६ सय श्रीलंकाली, १ हजार ७ सय भारतीय, १ हजार ४ सय इथोपिया र अन्य देशका रहेका छन् ।
कुवेतमा आपराधिक मुद्दा, गैरकानूनी कार्य मदिरा उत्पादन, लागूऔषध ओसारपसार, बेचबिखन र अन्य अनैतिक कार्यमा संलग्न हुने आप्रवासी देश निकाला भईसके पश्चात् पुनः कुवेत फर्किन पाउने छैन ।