नेपाल आदिवासी जनवाति महासंघ कुवेतको पाँचौ अधिवेशन सम्पन्न गर्दै अध्यक्ष बलबहादुर काम्बाङ लिम्बूलाई चयन गरेको छ ।
नेपाल आदिवासी जनवाति महासंघ कुवेत शाखाले ३१औं विश्व आदिवासी दिवस तथा पाँचौ अधिवेशन १५ अगस्त शुक्रबारको दिन कुवेतको खेतानस्थित राजधानीको सभा हलमा महासंघको आयोजनामा र कुवेतमा क्रियाशिलमा सम्पूर्ण जनवाति संस्थाको संयुक्त सहः आयोजनामा सम्पन्न गरेको हो ।
३१औं विश्व आदिवासी दिवस तथा पाँचौ अधिवेशन अधिवेशन भब्यताकासाथ सम्पन्न गर्दै गरेको छ ।
निवर्तमान अध्यक्ष अमृत तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास कुवेतका काउन्सेलर सुजनी रानाको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष दिल कुमार पाख्रिन, निवर्तमान अध्यक्ष रणध्वज लामा, पुर्व अध्यक्ष अर्जुन तामांग, महासंघको संस्थापक संरक्षक–राजेन्द्र तामाङ, अतिथि नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल रहेका थिए ।
त्यसैगरी कुवेतमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो। तमु समाज कुवेतका अध्यक्ष रञ्जना गुरुङले संचालन गरेको कार्यक्रममा राष्ट्रियगान पश्चात् प्रमुख अतिथि, विशिष्ट अतिथि संयुक्तरुप पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थिए ।
उपस्थित आगन्तुकहरुलाई राजु गुरुङले मन्तव्यद्वारा स्वागत गरेका थिए। प्रमुख अतिथि लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति संस्था नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत शाखा, सुनुवार सेवा समाज कुवेत, तमू समाज कुबेत, नेवा गुठी कुबेत माझी सेवा समाज कुवेत लगायतले आ–आफ्नो भेषभुषा र पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक प्रस्तुतिहरुको साथ ३१ औं विश्व आदिवासी दिवस भव्य रुपले मनाएका हुन् ।