हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार
काठमाडौं । आइतबार दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । हिमपहिरोले पुरिएका १२ जनामध्ये ६ जना पुरूष र एकजना महिलाको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । अझै चार महिला र एक पुरूष बेपत्ता छन्। लगातार परेको पानी,हिउँ...