June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

२०७९ फाल्गुन २१

2K

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन्।

प्रचण्डले माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टलाई टेलिफोनमार्फत मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका हुन्।

शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन्। सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए। २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए।

Advertisement