June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

अछाम जिल्लाको चौतर्फी विकास गर्न प्रतिबद्ध छु: पूर्वमन्त्री कुँवर

२०७९ फाल्गुन १६

2.4K

अछाम । अछाम जिल्ला संघीय संसद्का सदस्य एवं पूर्वमन्त्री कुँवरले जिल्लाको चौतर्फी विकासको लागि आफू प्रतिबद्ध भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, अछाम,बाजुरा र बझाङको समग्र विकासका लागि तत्काल सेती लोकमार्गको निर्माण गर्नुपर्ने बताउँदै कुँवरले कैलाली जिल्लाको बौनिया बजार बाट करिब २० किलोमटर निर्माण भैरहेको  सडकको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुवर लोकमार्ग आयोजनाका प्राविधिक निर्माण व्यवसायिक सहितको टोलीले अनुगमन गरेको थियो  ।

तराई र पहाडलाई जोड्न अछाम र कैलाली जिल्लामा भएको सडक खण्डको काम यसै आर्थिक वर्षको अन्तिमसम्म सकिने गरि काममा तीव्रता दिएको प्राविधिकले बताएका छन् । त्यसका लागी कुनै कसर बाकी नराखेर लाग्ने आयोजना प्रमुख इन्जिनियर रमेश भट्टराईले  बताए।

Advertisement

एक महिना अगाडि अनुगमनको क्रममा गाडी नपुगेको अछाम खण्डको गैरिगाड सम्मको सडक खण्डमा र्पर्ब मन्त्री  कुवर सहित पूर्व राज्य मन्त्री कांग्रेस केन्द्रिय सदस्य गोविन्दबहादुर शाह साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुवर आयोजना प्रमुखको टोलीले अनुगमन गर्दा सजिलै संग गाडी पुगेको पाइएको छ । 

अछाम जिल्लामा बसाइको क्रममा विभिन्न शैक्षिक संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै पूर्व मन्त्री कुँवरले समग्र  विकासको मेरुदण्ड नै शैक्षिक क्षेत्रको  विकास भएकोले त्यस तर्फ सरकारको ध्यान जानूपर्ने बताए ।

फागुन महिनामा दुई हप्ताको बसाइको क्रममा पूर्व मन्त्री कुँवरले हिमालय ठूला विद्यालय  खाल्सैन,जनशिखा बहुमुखी क्याम्पस मेल्लेख त्रिपुरासुन्दरी माध्यमिक विद्यालय  श्रीकोट र सिउडी माध्यमिक विद्यालय  सिउँडीको वार्षिक उत्सव एंब अभिभावक भेलाको उदघाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका थिए। 

संघीय संसद सदस्य एंब पूर्व मन्त्री  कुँवरले अछामको बसाइको समयमा पार्टी नेता कार्यकर्ता मतदातालाई भेटघाट गर्नुका साथै विभिन्न विकास आयोजनाका प्रमुखसँग अन्तरक्रिया गरेका थिए ।