काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सरकारको प्राथमिकतामा काम गर्न गैरसरकारी संस्थालाई निर्देशन दिएका छन् । शुक्रबार सामाजिक विकास मन्त्रालयले विकास साझेदार संस्थाहरू संग समन्वय बैठकमा बोल्दै मन्त्री शाहीले आफू अनुकुल कार्यक्रम संचालन गर्नु भन्दा पनि प्रदेशको प्राथमिकता काम गर्नु पर्ने निर्देशन दिए ।
सुदूरका अधिकांस जिल्लाहरूमा विभिन्न निकायाले संचालन गर्ने कार्यक्रमहरू आफुखुसि गर्ने, परियोजना संचालन गर्दा दोहोरोपन भएको भन्दै अब यस्तो नगर्न समेत निर्देशन दिए । बैठकमा बोल्दै मन्त्री शाहीले सुदूरलाई समृद्ध बनाउन सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्य गरेर जानुपर्नेमा समेत जोड दिए ।
शुक्रबार धनगढीको होटेल फलोरामा विकास साझेदार संस्थाहरू संग समन्वय बैठक संचालन भएको थियो । सामाजिवक विकास मन्त्रालयका सचिव गणेश बहादुरसिहंको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कार्यरत सम्पुर्ण विकासका साझेदार संस्थाहरूका प्रमुखहरूको उपस्थित रहेका थिए । कार्यक्रममा विकासका साझेदार सस्थाहरूका प्रमुखहरूले संस्थाले हाल सम्म गरिरहेका कामहरूको प्रगतिविबरण र आगामि दिनहरूमा गरिने कार्यक्रमहरूको अबस्था बारे जानकारी गराईएका थिए । धनगढी स्थित होटेल फलोरामा संचालन भएको कार्यक्रममा ३० जनाको उपस्थिती रहेको थियो ।