चित्लाङ-थानकोट सडकको स्तरोन्नति शुरु
मकवानपुर – मकवानपुरको थाहा नगरपालिका-९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका-७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति कार्य शुरु भएको छ। चन्द्रागिरि नगरपालिका-४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ। थानकोट-चित्लाङ-गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका...