काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना रहेको जनाएको छ ।
बिहीबार काठमाडौँ उपत्यकामा १६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना रहेका थिए ।