March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

आज थपिए ३५१७ कोरोना संक्रमित, ४०९६ जना डिस्चार्ज

२०७७ कार्तिक १४

2.2K

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख २८ हजार ९ सय ५८ जना कोरोना संक्रमित निको भएका छन् ।

Advertisement

हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख ३ हजार ४ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ सय २० पुगेको छ ।