प्रदेश प्रहरी प्रमुख खापुङबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिएका छन् । शुक्रबार भएको भिडियो कन्फरेन्स मार्फत उनले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका...