March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

आफ्नै भवनमा सर्‍यो एकीकृत समाजवादी बाजुरा

800

बाजुरा । नेकपा एकीकृत समाजवादी बाजुरा आफ्नै भवनमा सरेको छ। जिल्ला सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मिृती प्रतिष्ठानको भवन उद्धघाटन गर्दै नेकपा एकिकृत समाजबादी जिल्ला कमिटी उक्त भवनमा सरेको हो ।

पुष्पलाल प्रतिष्ठानको एक तले भवनमा हाल नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोगमा ल्याएको प्रतिष्ठानका अध्यक्ष तथा नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव निर बहादुर शाहीले बताए ।

पुष्पलाल स्मिृत प्रतिष्ठानको भवन उद्धघाटन संगै भाडामा रहको नेकपा एकिकृत समाजबादी पार्टीको कार्यालय सो भवनमा सरेको पार्टी सचिव शाहीले बताए ।

Advertisement

भवन उद्धघाटन कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका जेष्ट सदस्य जया ल्वारले रिवन काटेर उद्धघाटन गरेका थिए । नेकपा एकिकृत समाजबादी पार्टी बाजुराका सचिव तथा पुष्पलाल स्मिृत प्रतिष्ठान बाजुराका अध्यक्ष निर बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि पार्टीका जेष्ठ सदस्य जया ल्वार रहेका थिए । बिशिष्ठ अतिथिमा नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष पुर बहादुर रावत रहेका थिए ।

पार्टीका उप सचिव तथा पुष्पलाल स्मिृत प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष दिर्घराज पाध्यायले संचालन गरेको कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका नेता तथा कार्यकर्ता र पत्रकारहरुको सहभागीता रहेको थियो ।