November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

१५ लाख घुस रकमहित वडाध्यक्ष पक्राउ

1.7K

काठमाडौं । बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख घुस रकमहित पक्राउ परेका छन्।उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको हो।

वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनको चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको घिनिरेले जानकारी दिए।

Advertisement

दुबै जनामाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जानकारी दिएको छ।