विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले पाँचथरको फालेलुङ-१, फालेलुङ-२ र झापाको मेचीनगर नगरपालिका-५ मा ६ कित्ता जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् ।
११ तोला सुन, १५ तोला चाँदी र १ लाख रुपैयाँ बैंक मौज्दात देखाएका उनले अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको खुलाएका छन् । उनीसँग एउटा दुहुना गाई, १ हल गोरु र एउटा खसी पनि छन् ।
मन्त्री जबेगुले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको पनि उल्लेख गरेका छन् ।