लुम्बिनी घटना लज्जास्पद र आपत्तिजनक छ : नेपाली कांग्रेस
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आइतबार भएको घटनाक्रमलाई घोर अलोकतान्त्रिक भएको जनाएको छ। सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा भएको घटना संविधानको ठाडो उल्लंघन, बलमिच्याईं अलोकतान्त्रिक भएको जनाएका छन्। देउवाले उक्त अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्नासमेत गरेका छन्। ‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास...