मिस मगर नेपाल–२०२३ का प्रतियोगीका लागि प्रशिक्षण
पोखरा । मिस मगर नेपाल–२०२३ सिजन ६ का प्रतियोगीहरूका लागि मंगलबारदेखि प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य कल्याण रानामगरले मगर जातिको भाषा, संस्कृति र इतिहासका बारेमा नयाँ पुस्तालाई बुझाउन यस्ता कार्यक्रम फलदायी हुने बताए । मगर जातिको सघन बसोबास भएको भूमिबाट मिस मगर नेपालजस्तो कार्यक्रमले निरन्तरता पाउनु...