पोखरा । समाजवादी मोर्चाले गण्डकी प्रदेश संयोजन समिति घोषणा गरेको छ । ४ वटा पार्टीका ३/३ जना सदस्यको सहभागिता रहने गरी संयोजन समितिको घोषणा भएको हो ।
समितिको सुरुको संयोजन माओवादी गण्डकी प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङको अध्यक्षतामा समिति घोषणा भएको छ ।
संयोजन समितिमा माओवादीबाट गुरुङसहित ज्ञामनाथ गैरे र जगन्नाथ खनाल सदस्य रहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ सदस्य रहेका छन् ।
जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली सदस्य छन् भने नेपाल कम्युनिष्ट पार्टीबाट राजन, दीपा र काजी सदस्य रहेका छन् ।
यसैगरी जिल्लामा हरेक पार्टीबाट २-२ जनाको प्रतिनिधित्व हुने गरी जिल्ला संयोजन समितिहरू गठन गरिने बताईएको छ ।