February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

2.1K

काठमाडौं । बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गस्थित काठेखोला गाउँपालिका वडा नम्बर–५ बिहुँमा सडकदेखि जिप खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार बिहान गलकोटदेखि बागलुङतर्फ लागेको
ग १ च ९४८५ नम्बरको पिकअप जिप अनियन्त्रीत भएर ठूलोढुंगा देखि ५ सय मिटर तल खसेको हो । उक्त जिप सामान बेच्न हिँड्ने गरेको खुले पनि मृतकको पहिचान भने भएको छैन ।

घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको छ ।

Advertisement