June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

गोरखामा जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

1.6K

काठमाडौं । गोरखामा भएको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत छ। मृत्यु हुने एकै वडाका ४ जना रहेका छन् ।

प्रहरीका अनुसार सहिद लखन गाउँपालिका–५ का वर्ष २४ का वीरबहादुर थापा, सोही वडाका २५ वर्षका प्रवीण थापा, १८ वर्षका नीरज थापा, वर्ष १७ की नवीना थापाको मृत्यु भएको हो ।
वडा नम्बर ४ का ६४ वर्षका थमबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनाम घाइते भएका १२ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको प्रहरीले बताएको छ। केही अस्पतालबाट डिस्चार्ज भएर गएका छन्।

Advertisement

गएराती करिब १ बजेतिर कोटगाउँबाट १९ जना दुलहा-दुलहीसहित पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा दुर्घटनामा परेको थियो। दुलहादुलही भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।