October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

कियाचु छल्लादो शाखा, दक्षिण कोरियाको पाँचबुँदे घोषणा-पत्र जारी

1.5K

काठमाडौं । किरात याक्थुङ चुम्लुङ, छल्लादो शाखा, दक्षिण कोरियाले पाँचबुँदे घोषणा-पत्र सार्वजनिक गरेको छ । कियाचु कोरिया शाखाले अस्तित्व रक्षाको लागि भन्दै संवेदनशील विषयहरू समेटिएको पाँचबुँदे घोषणा पत्र जारी गरेको हो।

अध्यक्ष गणेश लिम्बू लगायत सम्पूर्ण पदाधिकारीको हस्ताक्षरसहित यस क्षेत्रका याक्थुङहरुलाई संस्थामा आबद्ध गर्न र मौलिकता रक्षाको लागि सचेतना बढाउन सधैं पहल गर्ने, इतिहासको स्पष्ट खोजी गरि याक्थुङ एकताको लागि पहल गर्ने, धार्मिक, ऐतिहासिक, माङ्गेना यक, मुन्धुमी यक आदिको संरक्षण सम्बर्द्धन गर्न पहल गर्ने, भाषासंस्कृतिको संरक्षण गर्न पहल गर्ने र मौलिक दर्शन “मुन्धुम” को व्यापक प्रचारप्रसार गर्न पहल गर्ने घोषणा-पत्र सार्वजनिक गरेको हो ।

कियाचु कोरियाले घोष‌णा-पत्रमा उल्लेखित विषय उपर केन्द्रीय समिति र अन्य शाखाहरुसँग समेत संस्थागतरुपमा गम्भीर छलफल गरि मौलिकता रक्षामा सदैव तत्पर रहने कुरामा प्रतिबद्धता जाहेर गरेको छ ।

Advertisement