May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

जापानमा एक नेपालीको मृत्यु

980

काठमाडौं । जापानमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ दोर्दी गाउँपालिका-६, छोटेखोला घर भई हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङ रहेका छन् ।

पारिवारिक स्रोत र उनका साथीहरूले युवराजको हृदयघातबाट निधन भएको हो ।

जनवरी ३१ तारिखका दिन बिहान ७ बजेर ३ मिनेट जाँदा (नेपाली समयअनुसार बुधबार बिहान पौने ४ बजेतिर) युवराजको निधन भएको अस्पतालले जानकारी दिएको बताइएको छ ।

Advertisement

विद्यार्थी भिसामा २०७९ कात्तिक २७ गते जापान पुगेका युवराज जापनको नागोया सहरस्थित नेनपाकु कुमा बस्दै इक्सास जापानी भाषा विद्यालयमा पढ्दै आएका थिए ।