स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका छन् । सामाजिक सुरक्षा कोषले सोमबार मन्त्रालयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री कुँवरले उक्त स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका हुन् । यस प्रणाली कार्यान्वयनमा जाँदा योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो...