November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सेवाभावलाई प्राथमिकतामा राख्दै दायित्व नबिर्सन स्वास्थ्य राज्य मन्त्री केसीको निर्देशन

2.3K

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नबिर्सन कर्मचारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको विभाग अन्तर्गतका मुख्य–मुख्य कार्यक्रमहरुका बारेमा जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री केसीले यस्तो बताएका हुन् ।

उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गर्दै भने, ‘थप बजेट आवश्यक परे पहल गर्छौ । विभागको स्तरोन्नतीका लागि के गर्नुपर्छ योजना बनाउनोस् । सदैब सकारात्मक सहयोग रहन्छ । तर, आफ्नो स्वार्थभन्दा माथी उठेर काम गर्नुहोस् ।’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालय मातहतको महत्वपूर्ण निकाय भएकाले पनि यसको सवलीकरणका लागि योजना बनाउनुपर्ने उनको भनाई थियो । ‘तपाईहरुले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नुपर्छ । अहिलेपनि नागरिकहरु स्वास्थ्य सेवा सहज तरिकाले नपाएर भौतारीनुपर्ने अवस्था छ । यो अवस्थाको हल गर्नुपर्ने आजको आवश्यकता हो । ’

Advertisement

केसीले भने, ‘आफ्नो ठाउँमा आफूले पाएको जिम्मेवारी लगनशिलताका साथ गर्नुभएको छ । केहि कुराहरु नमिलेको जस्तो लाग्छ । धेरै ठाउँहरुमा समस्या देखिन्छ । स्वास्थ्य मन्त्रालयमा अलिक समस्या देख्छु मैले । थुप्रै नमिलेको देख्छु । मलाई कुनै स्वार्थ छैन । ’
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका मूख्य–मूख्य कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।