November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मोरङमा कोरोना संक्रमण बढेपछि सबै क्षेत्रमा मास्क अनिवार्य

2.3K

विराटनगर । कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर बढ्न थालेपछि संक्रमण रोकथामका लागि सबै क्षेत्रमा मास्क अनिवार्य गर्ने निर्णय गरी सबैलाई सार्वजनिक आव्हान गर्ने तयारी गरिएको छ ।

कोरोना विरुद्ध खोप लगाएपछि केही समययता संक्रमण न्यून थियो । संक्रमण घटेसँगै मानिसहरुले मास्क लगाउन पनि छोड्दै गएका थिए । पछिल्लो समय मोरङ जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएपछि बसेको आकस्मिक बैठकले मास्क अनिवार्य गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अरु थुप्रै निर्णयहरु पनि गरेको छ । सङ्क्रमण फैलिएको कारागारका कैदी बन्दीको कोरोना परीक्षण गर्ने, सङ्क्रमितको उपचार कोसी कोभिड अस्पतालमा गराउने, उपचारमा आवश्यक जनशक्तिको व्यवस्थापन, आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना र जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ गर्ने, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरेको थियो ।

बैठकमा सङ्क्रमितको उपचारका लागि आवश्यक औषधि तत्काल आपूर्ति गर्न प्रदेश १ को स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, उपचाररत कैदी बन्दीको सुरक्षामा नेपाल र सशस्त्र प्रहरी परिचालन, सङ्क्रमित कैदी बन्दीलाई तत्कालका लागि खाना र खाजाको व्यवस्था कोसी अस्पतालले गर्ने, कोभिडका बिरामीको उपचारमा निजी अस्पताललाई तयारी अवस्थामा राख्ने, खोप नलगाएका कैदी बन्दीको विवरण सङ्कलन, लामो समय भारत बसेर नेपाल फर्किएका र भारतीय नागरिकको सीमा क्षेत्रमा कोरोना परीक्षण गर्ने तथा सबै पालिकाले कोरोनाको परीक्षणलाई तीव्र बनाउने लगायतका निर्णय भएको छ ।