पाँचथर । पाँचथरको उत्तरी याङवरक गाँउपालिका–२ को फलैचामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अन्तर्गतको सेवा केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्रको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरेका थिए ।
उद्घाटन सामारोहमा बोल्दै मन्त्री आङ्बोले शिक्षा, स्वास्थ्य जस्ता जनताका न्यूनतम आवश्यकतालाई पुरा गर्न सरकारले प्रयास गरिरहेको बताए । ‘कोराना महामारीले अर्थतन्त्रमा ठूलो क्षती गरायो । युक्रेन–रुस युद्धले संसारभरी महँगी बढायो । तर पछिल्लो समयमा अर्थतन्त्र सुधारउन्मुख रहेको छ’ आङबोले भने ‘सरकारले विकास निर्माण तथा जनताका सेवाका लागि निरन्तर प्रयास गरीरहेका छ ।’
वडा कार्यालय नजिकै सेवा केन्द्र स्थापना गरिएको छ । सो क्षेत्रका बासिन्दाले यो केन्द्रबाट आयुर्वेदिक सेवा पाउने अपेक्षा राखिएको वार्ड अध्यक्ष देउकुमार योङहाङले बताए ।
यस्तै, आयुर्वेद सेवालाई प्रभावकारी बनाउन प्रयास गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष तथा जिसस पाँचथरका प्रमुख रामराज आङदेम्बेले बताए ।
उद्घाटनकै दिन विशेषज्ञ स्वास्थ्य शिविर राखिएको थियो । उक्त सिविरबाट ३ सय १६ जनाले सेवा लिएका थिए । उनीहरुलाई औषधी पनि वितरण गरिएको जानकारी दिइएको छ ।