काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।
जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयको अनुसार पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने निर्णय गरेकी हुन् ।




