November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

शपथ लिएलगत्तै मन्त्री घिसिङले भेटे आन्दोलनका घाइते र मृतकका परिवारलाई

495

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका छन् ।

मन्त्री पदको शपथ लिएलगत्तै उनले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुगेर जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका हुन् ।

घिसिङले सो क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रुप लिने बताए ।

Advertisement

घिसिङलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।