March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

काठमाडौंबाट चितवन जाँदै गरेको भ्यान दुर्घटना हुँदा ११ जना घाइते

925

काठमाडौं । काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो करिब साढे १ बजेतिर बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटनामा परेको हो ।

अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।

Advertisement

दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।

भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन । तर आफैं अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।