March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

बेलायतमा वरिष्ठ गायक दीप श्रेष्ठको एकल साँझ हुने

805

लन्डन । बेलायतमा वरिष्ठ गायक दीप श्रेष्ठको एकल साँझ हुने भएको छ । आउंदो १९ सेप्टेम्बर सांझ ६ बजेदेखि हाइवे कम्बस्थित ‘डल्फिन आई पब एण्ड रेष्टुरेन्ट’ मा लाइभ म्यूजिकका साथ कन्सर्ट हुन लागेको हो ।

एकल सांझमा सहभागी भएर मनोरन्जन लिन र कलाकारप्रति सम्मान अर्पण गर्न आयोजक सिद्धार्थविक्रम क्षेत्रीले अपिल गरेका छन् ।

२०२५ सालबाट औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका श्रेष्ठका ‘हर रात सपनीमा ऐठन हुन्छ’ ‘म त दुरदेखि आएँ’, ‘मेरो आँखामा’, ‘बितेका कुरा’, ‘बतासँग उडिरहुँ’, ‘कति कमजोर रहेछ भाग्य’, ‘म पत्थरको देवता होइन’ जस्ता दर्जनौं सदावहार गीतहरू छन् ।

Advertisement