काठमाडौं । एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएको छ । मंगलबार श्रीलंकाको दाम्बुला रंगशालामा नेपालले भारतसँग ८२ रनको फराकिलो अन्तरको हार बेहोरेको हो।
पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।
भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र जोड्न सक्यो।
नेपालका लागि सीता रानामगरले १८ रन, कप्तान इन्दू वर्माले १४ रन र रुबिना क्षेत्रीले १५ रनको योगदान गरे। यस्तै विन्दू रावलले नटआउट १७ रन जोडिन्।
बलिङमा भारतकी दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुन्धती रेडी र राधा यादवले २-२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १७८ रन जोडेको थियो।